चितवन । बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत भलिबलतर्गको दोस्रो खेलमा महिलातर्फ लुम्बिनी प्रदेश र पुरुषतर्फ बागमती प्रदेशले सहज जित निकाले छ ।
मंगलबार भएको पुरुषतर्फको खेलमा बागमतीले कोशीलाई २५-२१, २५-१९ र २५-१५ को सेटमा हराएको हो ।
त्यस्तै दोस्रो खेलमा सुदूरपच्छिम प्रदेशले लुम्बिनी प्रदेशमाथि ३-१ सेटमा जित हात पारेको छ ।
सुदूरपच्छिमले १८-२५, २५-२१, २५-२१ र २५-१७ को जित हात पारेको हो । पुरुषतर्फ आज भएको अन्तिम खेलमा कर्णाली प्रदेशले मधेस प्रदेशमाथि ३-१ सेटको जित निकालेको हो ।
कर्णालीले २५-२१, २४-२६, २५-१६ र २५-१८ को जित निकाल्यो । आज नै भएको महिलातर्फको खेलम कर्णाली प्रदेशमाथि लुम्बिनी प्रदेशले सहज जित निकालेको छ ।
लुम्बिनीले २५-१३, २५-१२ र २५१५ को जित निकाल्यो । दोस्रो खेलमा सुदूरपच्छिमले मधेस प्रदेशमाथि ३-२ सेटको जित हात पार्यो । सुदूरपच्छिमले २५-२०, २५-१०, १८-२५ २५-२३ र १५-१३ मा जित निकाल्यो ।
आज भएको अन्तिम खेलमा बगमती प्रदेशले गण्डकी प्रदेशलाई सोझो सेटमा हरायो । जसमा बागमतीले २५-१३, २५-१३ र २५-१४ को जित निकाल्यो ।
प्रतिक्रिया