Developed By Kuldeep Sharma

April 9, 2024

गृहमन्त्रीमाथी छानविन समिति गठन नभए सम्म सदन अवरुद्ध गर्ने कांग्रेसको निर्णय

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको बैठकले संसदीय छानबिन समिति गठनको माग उचित भएको निर्णय गरेको छ। गृहमन्त्री रवि लामिछानेको नाम सहकारी प्रकरणमा जोडिएपछि लामिछानेमाथि छानबिनका लागि समिति बनाउनु पर्ने मागबाट कांग्रेस पछि नहट्ने बताएको हो।

निष्पक्षढंगबाट छानबिन गर्नका लागि समिति गठन गर्ने मागलाई सम्बोधन नगरेर सरकारले संसद चलाउन खोजे संसद अवरोधको जिम्मा सरकार आफैले लिनुपर्ने कांग्रेसको चेतावनी छ।

सहमति बेगर कुनै प्रस्तुति (प्रस्ताव) आकस्मिक रूपमा रोष्ट्रमबाट गर्न खोजियो भने त्यसमा कठोर विमति रहने र सरकारले बलजफ्ती गरेर आए सदन चल्न नदिने विषयमा कांग्रेसको अडान कायमै रहेको बैठकमा सहभागी एक नेताले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma