Developed By Kuldeep Sharma

August 16, 2022

पिपुल्स पावरको आईपीओ बिक्री खुला

काठमाडौं। पिपुल्स पावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यका २४ करोड ६७ लाख ४० हजार रुपैयाँबराबरको २४ लाख ६७ हजार ४०० कित्ता सेयर बिक्री खुला गरेको हो।

जसमध्ये २ प्रतिशत अर्थात् ४९ हजार ३४८ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्ट्याइएको छ। ५ प्रतिशत अर्थात् एक लाख २३ हजार ३७० कित्ता सेयर सामूहिक लगानी कोषहरूमा सुरक्षित गरिएको छ। बाँकी रहेको २२ लाख ९४ हजार ६८२ कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। भदौ ५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त मितिसम्म मागबमोजिम आवेदन नपरेमा भदौ १४ गतेसम्म आवेदन दिन समय थप हुनेछ।

लगानीकर्ताले मेरोसेयर वेबसाइट र एपमार्फत आवेदन दिन सक्नेछन्। यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट आवेदन दिन सक्नेछन्।

आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी इस्युअर’ रेटिङ प्रदान गरेको छ।  यसले दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले इलामको इलाम नगरपालिका–१ र ४ मा पुवाखोलाको पानीबाट ४.९६ मेगावाट क्षमताको विद्युत् आयोजना निर्माण गरिरहेको छ।

कम्पनीको आर्थिक वर्ष २०७८/७९ मा प्रतिसेयर आम्दानी ० रुपैयाँ ४६ पैसा ऋणात्मक छ। प्रतिसेयर नेटवर्थ ९७ रुपैयाँ ९७ पैसा छ । उक्त अवधिसम्म कम्पनी एक करोड ९१ लाख रुपैयाँ सञ्चित नोक्सानीमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma