Developed By Kuldeep Sharma

August 16, 2022

आयल निगमले इन्धनको मूल्य नघटाउने

काठमाडौं। तीन पटकसम्म भारतबाट मूल्य घटेर आएपनि नेपाल आयल निगमले इन्धनको मूल्य नघटाउने निर्णय गरेको छ।

निगमले अझै ऋणको दायित्व धेरै भएका कारण हाललाई मूल्य यथावत नै राख्ने निर्णय गरेको पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो। भारतबाट मंगलबार मात्रै घटेर मूल्य आए पनि निगमले मूल्य नघटाउने स्पस्ट पारेको हो।

निगमका कार्यकारी निर्देशक उमेशकुमार थानीले अझै ऋण र भुक्तानीको बक्यौता धेरै भएकाले अहिलेलाई मूल्य समायोजन गर्न नसकिने जानकारी दिए।

उनले निगम आर्थिक रुपमा सबल हुँदै आएपछि यसबारे केही न केही सम्बोधन हुने बताए। मंगलबार पेट्रोलको प्रतिलिटर मूल्य १ रुपैयाँ ८० पैसा र डिजेलको मूल्य ४ रुपैयाँ ८० पैसाले घटेर आएको छ।

यस्तै हवाई इन्धनको मूल्य लिटरमा ५ रुपैयाँले सस्तिएर आएको छ। अहिले बजारमा पेट्रोलको प्रतिलिटर मूल्य १८१ र डिजेलको १७२ रुपैयाँ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma