Developed By Kuldeep Sharma

May 18, 2022

कांग्रेस जिल्ला सभापति र उपसभापतिको वडा र नगरमा एमाले विजयी

काठमाडौं । अछामको सदरमुकाम मंगलसेन नगरपालिकाको मेयर र उपमेयरमा एमालेका उम्मेदवार विजयी भएका छन्।

मेयरमा एमालेका उम्मेदवार पदमबहादुर बोहरा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। उपमेयरमा एमालेकै संगीता रावल सोडारी विजयी भएकी छिन्। बोहराले ५ हजार ७ सय ३७ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका नमबहादुर शाहीले ५ हजार २ मत प्राप्त गरे। उपमेयरमा एमालेकी उम्मेदवार सोडारीले ५ हजार ७ सय १९ मत प्राप्त गरेर विजयी भइन्।

उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका बम रावलले ३ हजार ७५ मत प्राप्त गरेका थिए। बोहोरा ०७४ को निर्वाचनमा पनि विजयी भएका थिए। मंगलसेनमा १४ वडामध्ये १० मा एमाले र बाँकी चारमा कांग्रेस विजयी भएको छ।

अघिल्लो निर्वाचनमा कांग्रेस ९ वडामा विजयी भएको थियो। म‌ंगलसेन नेपाली कांग्रेसका जिल्ला सभापति पुष्पबहादुर शाह र उपसभापित चन्द्रप्रसाद ढुंगानाको पालिका हो। शाह र ढुंगानाको वडा मंगलसेनमा पनि एमालेले जितेको छ। उक्त वडा नम्बर ५ यसअघि कांग्रेसले जितेको थियो। कांग्रेस अछामका सभापति पुष्पबहादुर शाह र उपसभापति चन्द्रप्रसाद ढुंगानाको वडा हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma