Developed By Kuldeep Sharma

May 23, 2022

कञ्चनपुरको पुनर्वासमा कांग्रेस विजयी

काठमाडौं । कञ्चनपुरको पुनर्वास नगरपालिकामा कांग्रेसले जितेको छ। कांग्रेस मेयर र उपमेयर जितेको छ। कांग्रेस उम्मेदवार तोयप्रसाद शर्मा मेयर निर्वाचित भएका हुन्। उनले १० हजार ६ मत ल्याएका छन्।

नेकपा एमालेका उम्मेदवार पदमबहादुर पुजारा पराजित भए। उनले ४हजार ६७४ मत ल्याएका छन्। यस्तै नेकपा एकीकृत समाजवादीका उम्मेदवार जीवनराज थापाले ३ हजार ७३४ मत ल्याएका छन्। कांग्रेसकी भुलियाकुमारी राना उपमेयरमा जितेकी छिन्।

उनले ७ हजार ३४५ मत ल्याएकी छन्। उपमेयरमा माओवादी केन्द्रका धोखे राना पराजित भए। उनले ५ हजार ४९२ मत ल्याएका थिए। पुनर्वासमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच चुनावी तालमेल भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma