Developed By Kuldeep Sharma

June 2, 2022

३ मतले हारेका उम्मेदवार अदालत गए

काठमाडौं। पोखरा महानगरपालिका-१८ को वडाध्यक्षमा ३ मतले चुनाव हारेका नेकपा एमालेका उम्मेदवार पुस्कलबहादुर थापा अदातल गएका छन्।

चुनावमा खसेको मतभन्दा ९ मत कम भएको भन्दै उनले त्यसको खोजी गरिदिन मुद्दा हालेका हुन्। उनले निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, मुख्य निर्वाचन अधिकृत र नव निर्वाचित वडाध्यक्षलाई विपक्षी बनाएर मुद्दा दिएका हुन्।

यो वडामा नेपाली कांग्रेसका शिव तिमिल्सिनाले ३ मत अन्तरले चुनाव जितेका थिए। ५ हजार ८ सय ४३ मतदाता मध्ये यहाँ ४ हजार ३ सय ४८ मत खसेको थियो। गणनाका क्रममा ४ हजार ३ सय ३९ मत मात्र भेटिएको थियो। मतपत्र सर्टिङ गर्ने क्रममा नै ९ मत गायव पारिएको थापाको आरोप छ। थापाले गणना सकिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुन: गणनाको माग सहित निवेदन दिएका थिए। तर पुनः गणना हुन सकेन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma