Developed By Kuldeep Sharma

July 26, 2022

नेपाली चलचित्र छक्कापञ्जा ४ को छायांकन शुरु

काठमाडौं। नेपाली चलचित्र छक्कापञ्जा ४ को छायांकन शुरु भएको छ । सोमवार भक्तपुरको सूर्य विनायक मन्दिरमा पूजा गरेर फिल्मको छायांकन शुरु गरिएको हो ।दीपकराज गिरी र दीपाश्री निरौलाले निर्माण गरेको चलचित्रलाई हेमराज बि.सी.ले निर्देशन गर्नेछन् । आगामी कार्तिकमा फिल्म प्रदर्शन गर्ने टिमको योजना छ ।फिल्ममा शहरको कथावस्तु रहेको जानकारी दिएका छन् ।

फिल्ममा दीपकराज गिरी, बेनिशा हमाल, मलिना जोशी, निर्मल शर्मा, केदार घिमिरे, नीर शाह, दीपाश्री निरौला लगायतको अभिनय रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma