Developed By Kuldeep Sharma

August 18, 2022

सामाजिक यथार्थ उजागर गर्ने फिल्म ‘झुण्ड’

काठमाडौं। प्रसिद्ध जर्मन कवि, फिल्मकर्मी तथा साहित्यकार बर्टाल्ट ब्रेख्त समाज, कला , संस्कृति, साहित्य, सिनेमा आदि विशिष्ट मानवीय साँस्कृतिक क्रियाकलापको सम्बन्ध केलाउने सन्दर्भ र यसको दार्शनिक सौन्दर्य माथि चर्चा गर्दै भन्दछन् ‘कला, साहित्यहरू समाजको समकालिन परिस्थितिको यर्थाथको चित्रण मात्र होइनन् बरु यिनले आफ्नो प्रर्दशन मार्फत् नयाँ यथार्थको पनि निर्माण गर्दछन्।’

उनी थिएटरको चरित्र र भूमिकाको सम्बन्धमा भन्दछन् ‘हामिलाई एउटा यस्तो थिएटरको आवश्यकता पर्दछ, जसले केवल मानवीय सम्बन्धको विशिष्ट क्षेत्रमा अवस्थित भावना, अन्तरदृष्टि र आवेगहरू मात्र प्रर्दशन नगरोस् बरु त्यसले त ति विचार, भावना आवेगहरूलाई प्रगतिशिल पथमा रुपान्तरण गर्नमा प्रोत्साहित गर्न मद्दत गरोस्।’ आजको सन्दर्भमा थिएटरको स्थान चलचित्रले पुरै रुपमा ग्रहण गर्न नसकेपनि महत्वपूर्ण कलात्मक रचनाको रुपमा ओगटेको भने पक्कै छ।

जसले अन्य कलात्मक रचना भन्दा कयौँ गुणा बढी, स्पस्ट र मुर्त वैचारिक प्रभूत्व कायम गर्ने मनोरञ्जनात्मक सामग्रीको रुपमा काम गरेको छ र माथिको ब्रेख्तको भनाई आजको फिल्मको सन्दर्भमा अझ व्यापक र स्पष्ट रुपमा लागू हुन्छ। अन्य विचारगत क्षेत्रभन्दा यस फिल्मी क्षेत्रमा श्रब्यदृश्य सामग्री हुने हुनाले मानवीय संवेदनालाई धेरै राम्रो, स्पष्ट र मूर्त रुपमा प्रकट गर्नसकिन्छ जसले गर्दा आम मानिसको संवेदनात्मक मनोविज्ञानलाई सरल र सहज तरिकाले छुने र सर्जकको इच्छा र चाहना अनुकुल प्रभाव पार्न सकिने हुन्छ। यसको सोझो फाईदा समकालिन परिवेशमा शासन गरिरहेका शासक वर्गका मानिसहरू र उनीहरूको सत्तालाई बढी नै हुन्छ। ]

किनभने त्यस्ता माध्यमहरूको निर्माण तथा उत्पादन गर्नको लागि चाहिने आवश्यक साधनहरूको पहुँच र स्वामित्व दुबै शासक वर्गसँगै हुन्छ र त्यस किसिमका सांस्कृतिक वैचारिक सामाग्रीबाट उनीहरू (शासक वर्ग) को इच्छा र चाहना अनुशारको समाजका बहुसंङ्खक जनताको विचार तथा सामाजिक चेतनामा नै कब्जा जमाउनमा विशिष्ट स्थान ग्रहण गर्ने गर्दछ। त्यसैले फिल्म तथा विभिन्न कलात्मक रचनाका क्षेत्रहरूलाई नाम मात्रका स्वतन्त्र स्थान भने पनि अन्ततः उनीहरूले नै आफ्नो वर्गीय धरातल अनुरुपको चेतना निर्माण गर्नमा प्रयोग गर्दछन्। त्यस्ता साँस्कृतिक-वैचारिक सामग्रीको व्यापक उत्पादन गर्ने र त्यसका माध्यमबाट निर्माण गरिएको आम सामाजिक चेतनाले आफ्नो शासन सत्तालाई निरन्तर बचाईराख्न भरपुर कोसिस गर्दछन्। ति सामग्रीहरूको व्यापक मात्रामा हुने परिचालन (प्रर्दशन) ले समाजमा एउटा बलियो वैचारिक-सांस्कृतिक चेतनाको प्रभुत्व कायम गर्दछन्।

जसको परिणामस्वरुप समाजमा सामाजिक सचेतना सहितको प्रतिरोधि विचार निर्माण हुन पाउँदैन र त्यसपछि मैजुदा शासन व्यवस्था जतिसुकै निच र क्रुर भएपनि त्यसले आफ्नो वैधानिकता निरन्तर पाइरहन्छ र शासनसत्ता पनि ध्वंस हुनबाट बचिराख्छ। पछिल्लो समय चलचित्र क्षेत्रमा पहिलाको तुलनामा विभिन्न किसिमका नयाँ भैतिक, प्राविधिक तथा सामाजिक चेतनामा आएको विकास र प्रगतिको कारण प्रतिरोधी चेतना र प्रगतिशिल विचारधारामा आधारित साथै नयाँ सामाजिक परिवेश अनुसारको प्रगतिशिल चेतनाको निर्माण गर्ने चलचित्रको निर्माण हुन थालेका छन्।

जसमा केवल प्रतिरोधी चेतनाको निर्माण गर्ने मात्रै नभई आजको वर्तमान राज्यसत्ताको चरित्र, शासकहरूको वर्गीय स्वरुप, उनीहरूको वर्ग निर्माणको आधार, उनीहरूको दार्शनिक वैचारिक दृष्टिकोण र त्यसबाट निर्मित राज्यसत्ताका विभिन्न संयन्त्रहरूले आम उत्पिडित, शोषित, दमित र समाजको तल्लो वर्गमा भएका बहुसंङ्ख्यक मानिसहरूलाई कसरी शोषण र उत्पिडनमा पारिहरेका छन् भनेर देखाउने र स्पष्ट पार्ने गर्दछन्। उत्पिडित, शोषित, दमित, राज्यसत्ताको पहुँचमा नभएका आम बहुसंङ्ख्यक मजदुर, दलित, महिला, बालबालिकाहरू जसले आफ्नो जीवनको मूल्यलाई कसरी हर्ने भन्ने दृष्टिकोण समेत प्राप्त गर्ने अवसर पाएका छैनन्।

तिनिहरूको सामाजिक सचेतनालाई नयाँ शिराबाट ब्याख्या र जागरुप बनाउने खालका चेतना र दृष्टिकोण निर्माण गर्ने चलचित्र पनि बनिराखेकाछन्। त्यस्तै प्रतिरोधी चेतना निर्माण गर्ने र सत्ताको संरचनालाई उजागर गर्ने खास किसिमको वैचारिक र चेतना निर्माण गर्नमा आफ्नो ठूलो भूमिका खेल्ने चलचित्रहरूमा एक गत मार्च महिनामा भारतीय चलचित्र उधोगमा निर्मित फिल्म ‘झुण्ड’ पनि एक हो।

चलचित्रको कथावस्तु भारतको नागपुर सहरका झोपडीमा बस्ने सुकुम्वासी र मजदुरहरूको दैनिक जीवन, उनीहरूले गर्ने क्रियाकलाप, उनीहरूको जीवन प्रतिको दृष्टिकोण र राज्यसत्ताले उनीहरूलाई गरेको नजरअन्दाज र उनीहरूले पनि राज्यसत्ताका विभिन्न संयन्त्रले गर्ने काम प्रतिको बेखबरीलाई उत्कृष्ट कलात्मक शैलीमा प्रस्तुत गरिएको छ। नागराज मञ्जुलेद्वारा निर्मित ‘झुण्ड’ मा भारतका विभिन्न औधोगिक शहरहरूमा जीवन गुजार्नका लागि बसोबास गर्ने सुकुम्वासी, मजदुर र भारतीय समाजको साामजिक व्यवस्थाको तहगत संरचनाको सबैभन्दा पिँधमा रहेको दलित समुदायका पुरुष,महिला र तीनका सन्तानहरूले जीउने जीवनलाई प्रतिकात्मक रुपमा देखाइएको छ।

यस चलचित्रमा देखाइएको कथावस्तु केवल भारतीय समाजको सामाजिक यथार्थ मात्र नभई जातिगत समस्या दक्षिण एसिया भरिको हो भने अन्य समस्याहरू आजको विश्वव्यवस्था (पुँजीवाद)ले रजगज गरेको संसारको हरेक औधागिक शहरहरूको वास्तविकताको चित्रण हो। समाजको तहगत संरचनात्मक ययार्थलाई कलात्मक रचनाको प्रभावकारी रुप चलचित्रको माध्यमबाट देखाउन र सामाजिक सचेतना निर्माण गर्न योगदान गर्नमा महत्वपूर्ण भूमिका खेल्ने मञ्जुरेले यस चलचित्रको माध्यमबाट त्यस्ता औधोगिक मजदुर, सुकुम्बासी बस्तिहरूमा बसोबास गर्ने आम मानिस र तिनका सन्तानले बाध्यत्मक परिस्थितिका कारण गर्नुपर्ने अपाराधिक क्रियाकलाप र राज्यसत्ताले उनीहरूलाई त्यस्तो क्रियाकलाप गर्न निर्माण गर्ने बाध्यात्मक परिस्थिति र त्यसपछि अपराधी करार गरेर उनीहरूलाई दिने दुःख र सास्तिलाई सरल शैलीमा दखाइएको छ।

फिल्मको विषयवस्तु मूलतः राज्यसत्ताले आम गरिब, निमुखा, मजदुर, सुकुम्बासी, दलित, महिला आदि उत्पिडित र शोषित समुदायलाई राज्य संयन्त्रको आधारभूत क्रियाकलापमा पनि संलग्न नगराउने र विभिन्न प्रक्रियाको नाममा र विभिन्न अपराधिक परिभाषा निर्माण गरेर दिने दुःख, सास्ति र जीवन पनि अर्पण गर्नुपर्ने बाध्यकारी व्यवस्थालाई देखाइएको छ। कसरी राज्य व्यवस्थाका सामान्य क्रियाकलापमा पनि उनीहरूको जीवनलाई संलग्न नहुने वातावरण सिर्जना भइराखेको छ भन्ने विषयवस्तुलाई केन्द्रमा राखिएको छ। फिल्ममा सुकुम्बासी र मजदुरहरूका सन्तानहरू अपराधिक क्रियाकलापमा संलग्न हुन बाध्य किन हुन्छन् रु यसमा राज्य व्यवस्था र संरचनाको भूमिका के रहन्छरु के कोही व्यक्ति किन अपराध गर्न किन उत्सुक र क्रियाशील हुन्छ रु त्यसका पछाडिको कारण के हुनसक्छ रु त्यसमा राज्यका विभिन्न न्यायीक र सामाजिक सचेतनामा काम गर्ने संस्थाहरूको भूमिका कस्तो भइराखेको छ र कस्तो हुनुपर्दछ रु आम मानिसले पनि राज्यबाट प्राप्त हुने विभिन्न सेवा सुविधाहरूलाई उपभोग गर्न पाउनु पर्दछ र कुन किसिमको संरचना र चेतनाले गर्दा मानवीय आत्मसम्मानलाई उजागर हुन दिएको छैन भन्ने कुरा सरल र सहज तरिकाले स्पष्ट पारिएको छ।

कुनैपनि कलात्मक रचना बिशुद्ध काल्पनिक सिर्जनशिलता मात्र हुँदैन। त्यसमा तत्कालिन सामाजिक यर्थाथको चित्रण पनि हुन्छ। त्यो चित्रण भने सर्जकको सामाजिक चेतना, दार्शनिक विचारधारा र शासन सत्ताको प्रामाणिक स्वरुपले सकरात्मक वा नकरात्मक हुने भन्ने कुरा निर्धारण गर्दछ। यस मानेमा चलचित्र‘झुण्ड’ एक वर्तमान समाजको सामाजिक चेतनाललाई उजागर गर्नमा र आफूलाई कलात्मक रचनाको माध्यमबाट विद्रोहीको उपमा प्राप्त गर्न सफल भएको छ।

चलचित्र ‘झुण्ड’ मा शासक वर्ग वा हुनेखाने वर्गले आममानिस (जसको आम्दानी अत्यन्तै कम हुन्छ। त्यही अनुसारको शिक्षा, स्वास्थ तथा विभिन्न मनोरञ्जनका कुराहरूका आफ्नो जीवनलाई संलग्न गरेका हुन्छन) तिनिहरूको जीवन शैलीलाई हेर्ने र ब्याख्या विश्लेषण गरि सोही अनुसारको निर्माण गर्ने सौन्दर्य चेतलाई उद्घटित गरिएको छ। शासक वा धनीहरू तथा राज्यसत्ताका विभिन्न संयन्त्रमा पहुँच भएका मानिसले गरिबलाई हेर्ने दृष्टिकोण, गरिब, महिला, दलित तथा सामान्य मानिसहरूले कुनै काम गर्नुपर्दा हुने झन्जट र अनावश्यक अल्झाइदिने सामजिक यथार्थलाई कथावस्तुमा देखाइएको छ।

मानवीय जीवन र यससँग सम्बन्धित विभिन्न क्रियाकलापलाई परिभाषित गर्ने र वास्तविक मानवीय जीवनको मूल्यलाई परिभाषित गर्ने काम भने चलचित्र‘झुण्ड’ उत्कृष्ट कलात्मक शैलीमा गरेको छ। यस चलचित्रमा समाजको वास्तविकतालाई कुनै काल्पनिक जलप नलगाई ‘आजको विश्व पुँजीवादले कसरी केही मान्छेलाई उत्पादनको प्रक्रियाबाट बाहिर धकेल्दै बेरोजगारी, अर्ध-बेरोजगारीको अवस्थामा पुर्‍याई अतिरिक्त जनसंख्याको उत्पादनको प्रक्रियामा भाग नलिने, काम नपाएका० सिर्जना गरिराखेको हुन्छ। त्यस्ता अतिरिक्त जनसंङख्यालाई कल्याणकारी राज्यको केही सहयोगले जिवित राख्दछ।

यसरी राज्य कल्याणकारी नभएको ठाँउमा धेरै मात्रामा र कल्याणकारी भएको ठाँउमा पनि केही मात्रामा अति कमजोर जनसंख्याले केवल बाँच्नका लागि बाध्यात्मक परिस्थितिमा र निराशाको पीडामा केवल सम्पत्तिका मालिक मात्र होइन, आम जनतामाथि पनि विभिन्न किसिमका अपराध गर्छन्।’ भन्ने कुरालाई विभिन्न चरित्रका माध्यम बाट प्रस्ट्याएका छन्। आजको नवउदारवादको युगमा जीवनयापनका न्युनतम् उपभोग्य वस्तुसमेत बजारमा हस्तान्तरण भइराखेको छ।

जसकारण धनीदेखि पीछडिएको समाजसम्म पनि अपराधको श्रृङ्खला बढिरहेको छ। चलचित्र ‘झुण्ड’ मा रिंकी राज गुरुले निभाएको चरित्र मार्फत् भारतीय समाजमा भएको धार्मिक अन्धविश्वास, माहिलालाई दोस्रो दर्जाको सम्झने मानसिकता, तथा जबरजस्त पितृसत्ताले गाँजेको समाजको यथार्थ र उनले गरेको बिद्रोहबाट एउटा मिठो सन्देश दिन खोजिएको छ।

निम्न मध्यम वर्गीय र मजदुर वर्गको बस्तिमा समेत विशेषगरी महिला तथा बालबालिका विरुद्धको बर्बर अपराधको संङ्ख्या वृद्धि हुनु सामान्य जीवनमा पनि बर्बर अपराध बढ्नुको एउटा कारण हो। यसको मुल कारण भनेको समकालिन पुँजीवादद्वारा अति नाफा खोज्ने उद्देश्यबाट प्राप्त मजदुरको अमानवीय परिस्थिति हो। कुनैपनि किसिमको संगठित श्रमिक आन्दोलन र मजदुरहरूका सामुहिक संगठित जागृत चेतनाको अभावले यस प्रभावलाई झन गहिरो बनाँउदै गरेको छ। अर्को कारण भनेको पुँजीवादी समाजमा बढ्दो अलगावको स्थिति पनि हो। पुँजीवादमा हुने व्यापक श्रम विभाजनको प्रक्रियाले मानिस मानवीय उत्पादनसँग, त्यसपछि मानिस मानिसबाट, त्यसपछि मानिस मानवीय गुणबाट काट्दै अर्थात् टाढा हुँदै जान्छ। श्रम विभाजन स्वचालन र व्यवस्थापनका नयाँ प्रविधिहरू मार्फत् अघि बढ्दै जाँदा अलगाव, अमानवीयकरण र अत्याचार पनि बढ्दै जान्छ।

जुन कुरालाई निर्देशक मञ्जुरले आफ्नो चलचित मार्फत गज्जब शैलीमा प्रस्तुत गरेका छन्। कसरी यो प्रक्रिया सम्पन हुन्छ र यसबाट छुटकारा पाउन सामुहिक क्रियाकलापमा कसरी सहभागी हुने भन्ने कुरा देखाएका छन्। चलचित्रमा विभिन्न अपराधिक र अलगाव ९विरक्तपन० बाट उम्किने भन्ने कुरा विजय बर्से ९अमिताभ बच्चन० एउटा फुटबल प्रशिक्षकको अगुवाईमा फुटबल खेल्ने, आमा मानिसलाई त्यसमा सहभागी गराहने र विभिन्न किसिमका अपराधिक क्रियाकलाप र लागुऔषधमा लागेका मानिसलाई सुधार्ने उपाएलाई अपनाइएको छ। अलगावको स्थितिका र बेरोजगारी भएको समयमा कतिपय चरम अमानवीय सोच विचारहरूको मनमा विष्फोट हुनु र विभिन्न किसिमका अपराधिक क्रियाकलाप गर्नमा अग्रसर हुने कुरा चलचित्रमा चरित्र ‘डन’ को माध्यमबाट प्रतिकात्मक रुपमा प्रस्ट्याइएको छ। यो सामाजिक संरचनाभित्र उत्पन्न हुने अपराध उत्पादन र उत्पादक शक्तिबीचको बढ्दो अन्तरविरोधको अभिव्यक्ति हो।

आफ्नो वर्चश्व कायम राख्न समाजका अन्य वर्गलाई मातहतको मानसिकतामा बाँच्न सघाउने उद्देश्यले बर्चश्वकारी वर्गले हरेक तहमा निरन्तर दमन गर्दछ। यसले जनताको विरुद्धमा सार्वभौमसत्ताहरूका विभिन्न प्रकारका अपराधहरूलाई जन्म दिन्छ जुन दैनिक जीवनमा व्यक्त गरिन्छ। चलचित्र ‘झुण्ड’ ले हरेक समाजमा सामाजिक अन्तरविरोध उत्पन्न, त्यसको विकास र फैलावट कसरी हुन्छरु ती अन्तरविरोधलाई राज्यसत्ताले कसरी बिश्लेषण गर्छ। त्यसलाई हल गर्न कस्तो प्रकारको राज्य संयन्त्रको संरचना, प्रकृया र दार्शनिकीको निर्माण गर्दछ। आजको विश्व व्यवस्था र त्यसमा निर्मित राज्य सत्ताले समाजको वर्गीय अन्तरविरोधलाई कसरी हेर्छरु यसलाई हल गर्न के के कुरा गर्नुपर्छ ? र के यही प्रकारको शैली र चरित्रले समाजको आजको आधारभूत अन्तरविरोधको समाधान गर्न सक्छ त ? भनेर एउटा ज्वलन्त प्रश्न उत्कृष्ट कलात्मक शैलीबाट दर्शक माझ राख्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma