Developed By Kuldeep Sharma

August 20, 2022

नेकपा एमाले तारकेश्वरले भदौ ८गते तिज विषेश कार्यक्रम गर्ने

काठमाडौं। नेकपा एमाले तारकेश्वर नगर कमिटी र अनेम सघले यहीँ भदौ  ८ गते तिज विषेश कार्यक्रम गर्ने भएको छ।  तिज विशेष कार्यक्रममा सास्कृतिक कार्यक्रम र दरखाने कार्यक्रम हुने बताईएको छ।

कार्यक्रम तारकेश्वर ११ को नेपालटारमा रहेको कान्तिपुरी एबि पाटिप्यालेसमा हुने भएको छ।

यस्तै तारकेश्वर नगरपालिकाले पनि एक सूचना जारी गर्दै मिति २०७९ साल भाद्र ४ र ५ गते “संस्कृति सम्बर्द्धन तथा हरितालिका तीज बिशेष कार्यक्रम” आयोजना गरेको छ ।
नगरपालिकाकै लेटर प्याडमा जारी गरिएको सूचनामा तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्यालको हस्ताक्षर रहेको छ । भाद्र ४ को कार्यक्रम अमा दब्लम एकेडेमी लामबगर तथा भाद्र ५ मा कान्तिपुरी ए बि पार्टी प्यालेस नेपालटारमा आयोजना गरिएको सूचनामा उल्लेख छ। जनताले तिरेको करबाट आयोजना हुने यस्ता भड्किला कार्यक्रम फगत कार्यकर्ता खुसी पार्न आयोजना गरिएको भन्दै सामाजिक संजालमा आलोचना समेत सुरु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma