Developed By Kuldeep Sharma

August 21, 2022

चलचित्र ‘प्रकाश’ को प्रिमियर शो जुम्लाको तिर्खुमा

काठमाडौं।   नेपाली चलचित्र ‘प्रकाश’ को प्रिमियर शो जुम्लाको एक दुर्गम गाउँमा गरिने भएको छ । भदौ १० गतेबाट प्रदर्शनमा आउने चलचित्रको प्रिमियर शो जुम्लाको पूर्वमा पर्ने पातारासी गाउँपालिकाको तिर्खु गाउँमा गरिने भएको हो ।

चलचित्र ‘प्रकाश’ लाई ४५ दिन लगाएर गत वर्ष चैत र वैशाखको महिनामा जुम्लाको तिर्खु गाउँमा छायाङ्कन गरिएको थियो । प्रिमियर शोका लागि ‘प्रकाश’ चलचित्रका नायक प्रदीप खड्का र कथा लेखक विकास सुवेदी जुम्ला पुगेका छन् ।

यस चलचित्रको निर्माणमा झण्डै २ करोड ५० लाख बजेट लगानी भएको छ । कथा लेखक सुबेदीले भन्नुभयो, “चलचित्र, भारत, अमेरिका, जापान, अस्ट्रेलिया लगायतका दर्जनौँ देशमा एकैसाथ प्रदर्शन हुदैछ । गीत, ट्रेलरबाट राम्रो प्रतिक्रिया आएको छ । हाल सम्म ७५ प्रतिशत लगानी सुरक्षित हुने गरी विभिन्न देशमा टिकट बुकिङ भइसकेको छ । यो फिल्म घाटा नजानेमा ढुक्क छौ ।” साथै अस्ट्रेलियाबाट चलचित्र प्रदेशले उठेको रकम पातारासीको ऋणमोक्ष माविको शैक्षिक विकासका लागि सहयोग प्रदान गरिने छ ।

आइतबार जुम्लामा पत्रकारहरुसंगको भेटघाटमा नायक प्रदीप खड्काले पहिलो पटक प्रकाश चलचित्रको प्रिमियर शो तिर्खु गाउँमा हुनलागेको बताए । उनले भने‘अक्सर चलचित्रको वर्ल्ड प्रिमियर शो काठमाडौँका महँगा हलहरूमा रेड कार्पेटका साथ गर्ने, सेलिब्रिटीहरूका बिच गर्ने चलन छ । तर जुम्लाकै परिवेश समेटिएको फिल्म भएकोले प्रकाशको वर्ल्ड प्रिमियर तिर्खु गाउँको ऋणमोक्ष विद्यालयमा प्रोजेक्टरको माध्यमबाट गर्न लागेका हौ ।’

नेपाली चलचित्र क्षेत्रको इतिहासमा छायाँकन गरेकै ठाँउमा प्रिमियर शो संञ्चालन गर्ने यो पहिलो चलचित्र हो।यस चलचित्रमा ६० प्रतिशत जुम्लाका स्थानीय कलाकारले अभिनय गरेका छन् ।

दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरेलगायत कलाकार मुख्य भूमिकामा छन् । चलचित्रमा जुम्लाका स्थानीय कलाकार गोविन्द सुनार,धनराज सुनार,पूर्ण प्रसाद चौलागाई,राजकली महत लगायतको पनि चलचित्रमा विशिष्ट भूमिका रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma