Developed By Kuldeep Sharma

August 22, 2022

चलचित्र ‘प्रकाश’को वल्र्ड प्रिमियर शो जुम्लामा सम्पन्न

काठमाडौं। नेपाली चलचित्र ‘प्रकाश’ ले आफ्नो वल्र्ड प्रिमियर शो जुम्लाको पातरासी गाँउपालिकाको तिर्खु गाँउमा रहेको ऋणमोक्ष माध्यामिक विद्यालयको प्रांगढमा सम्पन्न गरेको छ।

चलचित्रको वल्र्ड प्रिमियर शो हिजो राति प्रोजेक्टरबाट त्यहाँका स्थानिय कलाकार र गाँउलेका सामुन्न गरिएको हो। चलचित्र ‘प्रकाश’ नेपाली चलचित्र क्षेत्रको इतिहासमा छायाँकन गरेकै ठाँउमा प्रिमियर शो गर्ने पहिलो चलचित्र हो।

दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरेलगायत कलाकार मुख्य भूमिकामा छन् । चलचित्रमा जुम्लाका स्थानीय कलाकार गोविन्द सुनार,धनराज सुनार,पूर्ण प्रसाद चौलागाई,राजकली महत लगायतको पनि चलचित्रमा विशिष्ट भूमिका रहेको छ।

चलचित्र यही भदौ १० गतेदेखि नेपालसहित भारत, अमेरिका, जापान, अष्ट्रेलिया लगायतका विश्वभरका दर्जनौँ देशमा प्रर्दशन हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma