Developed By Kuldeep Sharma

June 1, 2022

भारतीय गायक केकेकोे मृत्यु

काठमाडौं। भारतीय सुुपरस्टार गायक केकेको मंगलवार राति निधन भएको छ।  उनको पुरा नाम कृष्ण कुमार कुन्नथ हो।

५३ बर्षका सुपरस्टार केके मंगलवार राति कोलकत्तामा एउटा कन्सर्टमा प्रस्तुति दिने क्रममा नै बिरामी परेका थिए। त्यसपछि उनी बसिरहेको होटलमा लगियो। तर स्वस्थ्यमा झन समस्या आएपछि कोलकत्ताकै मेडिकल रिसर्च इन्चिच्युट अस्पताल लगिएको थियो। तर अस्पताल पुग्ने वित्तिकै चिकित्सकहरुले उनको निधन भएको बताए।

मृत्यु हुनुको कारण आधिकारिक रुपमा अहिले सम्म बाहिर नआए पनि भारतीय सञ्चार माध्यमका अनुशार उनको मृत्यु हृदयघातले भएको हो। उनले दुई दिनदेखि कोलकत्तामा लगातार प्रस्तुति दिँदै आएका थिए। केकेले भारतीय संगित क्षेत्रमा २ सय भन्दा बढी सुपरहिट गित गाएका छन्। उनलाई रोमान्टीक गायकको उपनामले पनि चिनिन्छन्।

उनको मृत्युमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, नायक अक्षय कुमार, गायक अर्मान मल्लीक, हर्षदिप कौर आदिले ट्विटरमा दुख प्रकट गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma