Developed By Kuldeep Sharma

June 14, 2022

चलचित्र कबड्डी “४” सिक्किममा नचल्ने

काठमाडाैँ।  नेपाली चलचित्र कबड्डी ४ भारतको सिक्किम राज्यमा नचल्ने भएको छ। पछिल्लो समय कमाई र कथावस्तु दुबैको हिशाबले चर्चामा रहेको नेपाली चलचित्त कबड्डी ४ भारतको सिक्किम राज्यमा आँउदो शुक्रवारबाट त्यहाँका हलमा लाग्ने तयारीमा थियो । तर सिक्किम सरकारले अब हलमा चल्न नदिने निर्णय गरेको छ।

सिक्किमका मूख्यमन्त्री प्रेमसिंह तामाङ्ले राज्यका नागरिको भावना र विभिन्न संस्थाको संवेदनालाई ख्याल राख्दै चलचित्रको प्रर्दशनमा रोक लगाउने निर्णय गरेको जनाए। सिक्किमका जनता, विभिन्न संघसंस्था र संगठनको भावनालाई ध्यानमा राख्दै राज्य सरकारले विवाद समाधान नभएसम्म सिक्किममा कबड्डी ४ को प्रदर्शनमा रोक लगाउने निर्णय भएको छ,’ उनले उल्लेख गरेका छन् ।

चलचित्र शुक्रवारबाट प्रर्दशन हुने तयारीमा थियो तर गएको हप्ता अलइन्डिया बुद्धिस्ट फोरम सहित त्यहाँका बौद्धधमृगरुहरुले पत्रकार सम्मेलन गर्दै चलचित्र पर्दशनमा रोक लगाउन आग्रह गरेका थिए। त्यतिमात्रै होइन, चलचित्रले बौद्ध धर्मको अपमान गरेको भन्दै जिल्ला प्रशासन कार्यलय काठमाडौंमा पनि उजुरी परेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma