Developed By Kuldeep Sharma

July 17, 2022

सोमबार देखि २७ जिल्लाका बालबालिकालाई कोभिड विरुद्धको दोस्रो खोप लगाइने

काठमाडौं। कोभिड–१९ विरुद्धको पहिलो मात्रा फाइजर खोप लगाइसकेका बालबालिकालाई दोस्रो खोपको मात्रा दिइने भएको छ।

सोमबारदेखि ५ वर्षमाथि १२ वर्षमुनिका बालबालिकालाई खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो। दोस्रो मात्रा खोप लगाउनेमा २७ जिल्लाका बालबालिका रहेका छन्। काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली, झापा,मोरङ, इलाम, सुनसरी, सप्तरी, धनुषा, पर्सा, सिरहा, महोत्तरी,कास्की, चितवन, मकवानपुर, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, बाँके, दाङ, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेलधुराका बालबालिकाले नजिकैको विद्यालयमा तोकिएको खोप केन्द्रबाट खोप लगाउन सक्ने छन्।

दोस्रो मात्रा खोप लगाउन जाँदा पहिलो मात्रा खोप लगाएको खोप कार्ड अनिवार्यरुपमा बोकेर जान पर्ने मन्त्रालयले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma