Developed By Kuldeep Sharma

May 24, 2022

‘काेराेना र युद्धपछि मंकीपक्स विश्वको अर्को ठूलो चुनौती बन्न सक्छ’

काठमाडाैँ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का प्रमुखले विश्व यतिबेला शक्तिशाली चुनौतीहरूको सामना गरिरहेको बताएका छन् ।

काेराेना महामारीदेखि युक्रेनमा युद्ध र हालै उत्पन्न नयाँ मंकीपक्स प्रकोपले फेरि पनि विश्व समुदायलाई चिन्तामा पारिरहेको डब्लूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले बताएका हुन् । जेनेभास्थित आफ्नो बयानमा उनले अफ्रिका बाहिर १५ मुलुकमा फैलिएको मंकीपक्स प्रकोपबारे विज्ञहरूसँग गम्भीर छलफल भइरहेको बताए ।

हालसम्म अमेरिका, क्यानडा, अष्ट्रेलिया, इजरायल र युरोपभरबाट मंकीपक्सका ८० संक्रमित फेला पारिएको छ । तर, अझैपनि ठूलो स्तरमा यसको जोखिम कम नै भएको बताइएको छ ।

मंकीपक्स अफ्रिकाका विकट क्षेत्रमा पाइने भाइरस हो । यो सजिलै अर्को व्यक्तिमा सर्दैन र संक्रमित व्यक्तिलाई यसले मध्यम प्रभाव मात्र पार्दछ । तर, अप्रत्याशित रूपमा फैलिए अवश्य पनि जटिल समस्या गराउने चेतावनी दिइएको छ ।

प्रायः यसबाट संक्रमित हुनेहरू केही हप्तामै ठीक हुन सक्ने बताइएको छ । तापनि फैलावट नियन्त्रण गर्न संक्रमित तीन हप्तासम्म आइसोलेट भएर बस्न स्वास्थ्यविद्हरूले सुझाव दिएका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma