Developed By Kuldeep Sharma

May 14, 2022

मनाङ ङिस्याङको अध्यक्षमा एमालेका कान्छा घले विजयी

काठमाडौं। मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।

एमालेका उम्मेदवार कान्छा घले ८ सय ६१ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी काँग्रेसका छिरिङ ओङमा गुरुङले ७ सय १३ मत ल्याए। गाउँपालिकाको उपाध्यक्षमा एमालेकै समर्थन रहेका स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङ ७ सय ४४ मत ल्याएर विजयी भए।

उनका प्रतिद्वन्द्वी काँग्रेसका रिन्जेन धोर्जे गुरुङले ७ सय १९ मत ल्याए, भने राप्रपाका उम्मेदवार ज्यामयाङ टसी गुरुङले १ मत ल्याए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma