Developed By Kuldeep Sharma

August 16, 2022

राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयकबारे संसद्लाई जानकारी गराइँदै

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएको विषयमा आज मंगलबार प्रतिनिधि सभालाई जानकारी गराइने भएको छ। संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा यो विषय अटाएको छ।

संघीय संसद्का दुवै सदनबाट पारित भइ प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि भन्दै आइतबार प्रतिनिधि सभामै फिर्ता पठाएकी थिइन्। राष्ट्रपति कार्यालयको पत्र सोमबार नै संघीय संसद् सचिवालयमा पुगिसकेको छ।

प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि तय गरिएको छ। यस्तै, बैठकमा अर्थ समितिको प्रतिवेदन र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ को विभिन्न दफालाई निर्णयार्थ प्रस्तुत गर्ने, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहितको पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने, पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९ लाई पारितका लागि प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

स्टाण्डर्ड नाप र तौल ९पाँचौं संशोधन० विधेयक दफावार छलफलका लागि प्रस्ताव गर्ने र मंगलबार नै पारितका लागि प्रस्ताव गर्ने, प्रत्यायन विधेयकमाथिको दफावार छलफल र पारितका लागि सदनमा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma