Developed By Kuldeep Sharma

April 23, 2022

निर्वाचनको मुखैमा वडाअध्यक्ष खड्काले सरकारी बजेटबाट साडी वितरण गर्दै

काठमाडौं। बैशाख ३० गतेको स्थानीय तह निर्वाचन नजिकिदै गर्दा काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा न. ८ का वडाअध्यक्ष सन्तोष खड्काले सरकारी बजेटबाट साडी वितरण गर्दैछन्।

जनताका आधारभूत आवश्यकताका विषयमा धेरै गुनासाहरु वडा, नगर, प्रदेश गर्दै केन्द्र सम्म पुगेपनि त्यसको सन्तोषजनक सम्बोधन र सुनुवाई समेत हुन नसकेको अवस्थामा वडाअध्यक्षले जारी गरेको यो सुचनाले चर्चा पाएको छ। वडा भित्रका मतदातालाई प्रभावित पार्नका लागि सरकारी बजेटबाट खरिद गरेर आज(शनिबार) साडी वितरणको तयारी गरेको वडाअध्यक्षद्धारा जारी सूचनामा उल्लेख छ।

शुक्रबार एक सूचना जारी गर्दै आज दिउँसो २ बजे वडा कार्यालयमा महिलाहरुका लागि साडी वितरणको कार्यक्रम रहेको जनाईको हो।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma