काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज विहान चितवनको भरतपुर आएर फर्किएका छन् । भरतपुर महानगरको मेयरमा दोस्रोपटक उम्मेदवारी पुत्री रेनु दाहाल मेयर पदमा दिएको भोलिपल्ट प्रचण्ड भरतपुर आएर केही घण्टाभित्रै काठमाडौं फर्किएङ्का हुन्।
सत्तरुढ गठबन्धनले महानगरपालिकाका उम्मेदवार भागवण्डा गर्दा भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवा माओवादी केन्द्रले पाएको छ। तर मेयरको उम्मेदवार आफूहरुले पाउनुपर्ने भन्दै कांग्रेसका जिल्लास्तरका कतिपय नेताहरुले विरोध जनाएका छन्। केही नेताले स्वतन्त्र रुपमा उम्मेदवारी पनि दिएका छन्।
यही विषयलाई लिएर प्रचण्ड चितवन आए पनि कांग्रेस नेताहरुसँग भेट भने गरेनन्।
चितवनमा असन्तुष्ट कांग्रेसका तर्फबाट पूर्वसांसद जगन्नाथ पौडेलले मेयरमा बागी उम्मेदवारी दिएपछि रेनुको मत काट्ने डर विपक्षी गठबन्धनलाई छ । सोमबार गरिएको मनोनयन दर्तामा पनि ठूलो संख्यामा कांग्रेस नेता तथा कार्यकर्ता बागी उम्मेदवारको पक्षमा देखिन्थे ।
प्रतिक्रिया