Developed By Kuldeep Sharma

July 13, 2022

एकै दिन २०६ कोरोना संक्रमित

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या २०० नाघेको छ।

नयाँ संक्रमितको संख्या २०६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। दुई हजार ८२ पीसीआर परीक्षणमा १७७ जना र एक हजार ९३ जनाको एन्टिजेन परीक्षण गर्दा २९ जना गरी २०६ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १००५ पुगेको छ। पछिल्लो २४ घण्टामा ४५ जना कोरोना संक्रमणमुक्त भएका छन्। कोरोना संक्रमितको संख्या बढिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma