Developed By Kuldeep Sharma

July 17, 2022

कोरोना संक्रमणबाट १ जनाको मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा १३५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ।

३ हजार ४१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ११४ तथा एन्टिजेन विधिबाट २१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यही अवधिमा थप ५९ जना सङ्क्रमणमुक्त पनि भएका छन्।

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ४३९ पुगेको छ। काठमाडौं जिल्लामा मात्र सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन्। नेपालमा हालसम्म ११ हजार ९५३ जनाको कोभिड-१९ बाट मृत्यु भइसकेको छ।

नयाँ सङ्क्रमितमध्ये सबैभन्दा बढी काठमाडौँमा ४३ जना रहेका छन्। त्यस्तै सिरहामा ११ तथा कास्कीमा १५ जनामा सङ्क्रमण पुष्टि भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma