Developed By Kuldeep Sharma

April 28, 2022

यस्तो रहनेछ आजको मौसम

काठमाडौं। नेपालमा पछिल्लो केही समययता स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको छ । जसका कारण मेघगर्जन र चट्याङ्सहित क्षणिक तथा हल्का वर्षा हुँदै आएको छ ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यता सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

वाग्मती प्रदेश र प्रदेश १ का पहाडी भू–भागका थोरै स्थानमा र गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यता सफा रहनेछ । गण्डकी प्रदेश र प्रदेश– १को उच्च पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma