काठमाडौँ। चितवनको भरतपुरमा आगलागी हुँदा ठूलो क्षति भएको छ। चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरहरि अधिकारीका अनुसार महानगरपालिका–३ कमलनगर स्थित तुलसीराम सापकोटाको चार तले घरमा आगो लागेको हो।
राति २ बजेतिर सुरु भएको आगलागी अघि बिहान ७ बजे मात्र नियन्त्रण गर्न सएिको उनले बताए।
आगलागीबाट त्यस घरमा रहेका ६ वटा पसल जलेको र साढे ५ करोडजति धनमाल नष्ट भएको पसल सञ्चालकहरूले बताएको डीएसपी अधिकारीले जानकारी दिए। ‘घरमा सहकारी संस्था पनि छन्, त्यसमा पनि क्षति भएको छ,’ उनले भने, ‘क्षतिको एकीन विवरण आउन बाँकी छ।
प्रतिक्रिया