Developed By Kuldeep Sharma

August 16, 2022

हँसिया हथौडाबाट चुनाव लड्ने सहमतिपछि डम्बर खतिवडाले छाडे बाबुरामको साथ

काठमाडौं। नेपाल समाजवादी पार्टीका नेता डम्बर खतिवडाले पार्टी परित्यागको घोषणा गरेका छन्। वैकल्पिक शक्ति निर्माणको वकालत गर्दै आएका खतिवडाले आफू पार्टीको साधारण सदस्यसमेत नरहने घोषणा गरेका हुन्।

सामाजिक सञ्जालमा लेखेका छन्, ‘करिब ८ वर्षको सहकार्यका लागि डा. बाबुराम भट्टराई र साथै करिब ३ वर्षको सहकार्यका लागि उपेन्द्र यादव र उहाँहरूको टिमप्रति आभारी छु। आजबाट जसपा-नेसपा लफडाबाट पूर्णतः मुक्त छु।

नेपाल समाजवादी पार्टी र माओवादी एउटै चिन्ह हँसिया हथौडाबाट चुनाव लड्ने निर्णयपछि अब म नेसपाको साधारण सदस्य पनि रहिन। धन्यवाद।’माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी संयुक्त दल दर्ताका लागि आजै निर्वाचन आयोग जाने भएका छन्।

प्रचण्ड र भट्टराईबीच आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा हँसिया हथौडा चुनाव चिन्ह लिएर लड्ने सहमति भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma