Developed By Kuldeep Sharma

August 16, 2022

बाबुराम र बामदेव दुबै हँसिया हथौडाबाट चुनाव लड्ने

काठमाडौं। डाक्टर बाबुराम भट्टराईसँगै वामदेव गौतम पनि नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनाव लड्ने भएका छन्।

नेकपा माओवादी केन्द्रले बाबुराम भट्टराई नेतृत्वको नेसपा र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानलाई चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको हो।

मंगलबार बसेको माओवादी स्थायी कमिटी बैठकले भट्टराई र गौतम दुबैलाई संघीय निर्वाचनमा चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले बताए।

बामदेव र बाबुरामका कतिपय सर्तहरू रहेको र त्यसबारेमा गठबन्धनमा पनि छलफल हुने उनले जानकारी दिए। माओवादी स्थायी कमिटी बैठक बुधवार फेरि बस्ने महराले बताए।

भट्टराईलाई पार्टीको चुनाव चिह्न प्रयोग गरेर निर्वाचन लड्न दिने औपचारिक निर्णय भएको छ भने वामदेवको हकमा चुनाव चिह्न दिएपनि कहाँबाट लड्ने भन्नेबारे गठबन्धनमा छलफल गरेर निष्कर्षमा पुग्ने निर्णय भएको बुझिएको छ।

प्यूठान जनमोर्चालाई दिने गठबन्धनमा छलफल भइरहेकाले वामदेवले दाबी गरेपछि समस्या हुने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma