Developed By Kuldeep Sharma

August 18, 2022

सिट बाँडफाँटबारे छलफल गर्न सत्तारुढ गठबन्धनको शीर्ष नेतृत्वको बैठक बस्दै

काठमाडौं। सत्तारुढ गठबन्धनको शीर्ष नेतृत्वको बैठक आज बस्दै छ । बिहान १० बजे बालुवाटारमा बैठक बस्नेछ ।

राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक, प्रतिनिधि सभा र प्रदेश सभाको आशन्न निर्वाचन, सिट बाँडफाँटलगायत विषयमा बैठक केन्द्रित हुने बताइएको छ ।

राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक प्रमाणीकरणका लागि जस्ताको तस्तै पुनः राष्ट्रपतिसमक्ष पठाउने सत्तारुढ दलको तयारी छ । आज उक्त विधेयक प्रतिनिधि सभाले पारित गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma