Developed By Kuldeep Sharma

August 18, 2022

एमालेले भन्यो-‘नागरिकता विधेयक विषयगत समितिमा लैजाउँ’

काठमाडौं। नेकपा एमालेले नागरिकता ऐन संशोधन विधेयक पुनर्विचारका लागि विषयगत समितिमा पठाउनु पर्ने अडान लिएको छ।

आजको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहभागी एमाले प्रमुख सचेतक विशाल भट्टराई, कृष्णभक्त पोखरेल र शेरबहादुर तामाङले नागरिकता विधेयक विषयगत समितिमा पठाउनुपर्ने माग गरेका हुन्।

अन्यथा राष्ट्रपति संस्थामाथि प्रश्न उठाएको ठहरिने एमालेको जिकिर छ। राष्ट्रपतिले चासो देखाएर पुनर्विचार गर्न फिर्ता पठाउनुलाई राजनीतिक आँखाले हेर्न नहुने उनीहरूको भनाइ छ।

‘यसलाई समितिमा लैजाऔं, छलफल गरौं, बहुमत अल्पमतले निर्णय गर्न मिलिहाल्छ। बहुमतले नै पास गर्नुहोला तर कम्तीमा छलफल होस्’ एमाले प्रमुख सचेतक भट्टराईले भने।

पुनर्विचारका लागि भनेर आइसकेपछि राष्ट्रपतिको मान राखिदिन पनि समितिमा छलफलका लागि लैजानुपर्ने उनको भनाइ थियो। ‘छलफल नै भएन र भयो भन्नुले अर्थ राख्छ। सदनमा छलफल गरेको भनी बोल्न दिने र केही नचलाई पास गर्ने कुराले ठिक नजिर बस्दैन। यसो गरे गलत हुन्छ,’ भट्टराईले भने।

संसदका दुवै सदनबाट पास भइसकेको नागरिकता सम्बन्धी विधेयक १५ साउनमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाएका थिए। तर राष्ट्रपति भण्डारीले १५ बुँदे सन्देशसहित २९ गते उक्त विधेयक प्रतिनिधिसभामै फिर्ता पठाएकी थिइन्।

३१ साउनमा बसेको सत्ता गठबन्धनको बैठकले उक्त विधेयक हुबहु अघि बढाउने निर्णय गरेको थियो। सोही अनुसार आजको प्रतिनिधि सभा बैठकबाट विधेयक पारित गर्ने र आवश्यक प्रक्रिया पूरा गरी पुनः राष्ट्रपतिकहाँ पठाउने सत्ता गठनबन्धनका दलहरुको तयारी छ।

नागरिकता विधेयक जस्ताको तस्तै पारित गर्ने

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma