Developed By Kuldeep Sharma

August 19, 2022

अक्षयकुमार अभिनित ‘कटपुतली’ को टिजर रिलिज

काठमाडौं। बलिउड अभिनेता अक्षयकुमार अहिले फिल्म ‘रक्षा बन्धन’ को बक्स अफिस खराब प्रदर्शनका कारण चर्चामा छन्। यो वर्ष बक्स अफिसमा फ्लप भएको ‘रक्षा बन्धन’ उनको तेस्रो फिल्म हो। यस्तैमा उनको नयाँ फिल्म ‘कटपुतली’ को टिजर सार्वजनिक भएको छ। कृष्ण जन्माष्टमीको अवसर पारेर टिजर सार्वजनिक गरिएको हो।

सामाजिक सञ्जालमा टिजर सेयर गर्दै अक्षयकुमारले लेखेका छन्, ‘यो खेलका पावरको होइन, मनको हो । यो दिमागको खेलमा, तपाईं र म … सबै कठपुतली हौं ।’  टिजरमा अक्षय कुमारका धेरै तस्बिरहरु देखाइएको छ, जसमा उनी प्रहरीको भूमिकामा देखिएका छन् । क्राइम थ्रिलर बिषयमा बनेको फिल्म रञ्जित एम तिवारीले निर्देशन गरेका हुन् । फिल्मलाई ज्याकी भगनानी र दिपशिखा देखमुखको पारिवारिक ब्यानर पूजा इन्टरटेनमेन्टले निर्माण गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma