Developed By Kuldeep Sharma

October 18, 2022

केदारनाथ नजिकै हेलिकप्टर दुर्घटना, पाइलटसहित सबै ७ जनाको मृत्यु

काठमाडौं। उत्तराखण्डको केदारनाथ नजिकै गरुडछट्टीमा मंगलबार हेलिकप्टर दुर्घटना भएको छ। पाइलटसहित हेलिकप्टरमा सवार सबै सात जनाको मृत्यु भएको छ।

समाचार एजेन्सी पीटीआईले रुद्रप्रयाग जिल्ला प्रकोप व्यवस्थापन अधिकारीहरूलाई उद्धृत गर्दै हेलिकप्टरमा सवार सबै सात जनाको मृत्यु भएको बताएको छ।

उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरण (युसीएडीए) का प्रमुख कार्यकारी अधिकृत सी रविशंकरले पत्रकारहरूलाई दुर्घटनामा हेलिकप्टरका पाइलट अनिल सिंहको पनि मृत्यु भएको जानकारी दिए ।

यसबाहेक हेलिकप्टरमा सवार अन्य ६ जनाको पनि मृत्यु भएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma