Developed By Kuldeep Sharma

December 20, 2022

विपिन कार्की अभिनीत फिल्म ‘फूलबारी’ को टिजर सार्वजनिक

काठमाडौं। रामबाबु गुरुङले निर्देशन गरेको फिल्म ‘फूलबारी’ को टिजर सार्वजनिक भएको छ।

सोमबार सार्वजनिक गरिएको टिजरमा पारिवारिक कथालाई देखाइएकाे छ। विपिन कार्की र अरुणा कार्की दम्पतिको भूमिकामा देखिएका छन्। उनीहरूसँगै टिजरमा फिल्मका मुख्य कलाकारहरू अटाएका छन्।

ब्याकग्राउण्डमा बज्ने सुरिलो गीतले फिल्मको कथासार भन्ने प्रयास गरेको छ।

अभिभावक र सन्तानबीचको सम्बन्धको कथा भन्ने फिल्ममा उपेन्द्र सुब्बाको पटकथा र कमल किशोर मलपानीको कथा छ।

फिल्ममा विपिन र अरुणासँगै  दयाहाङ राई, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के, अनुपम शर्मा, सोमनाथ खनाल, मनिष ढकाल, लोकेन्द्र लेखकलगायत कलाकारको अभिनय छ।

यशोदा फिल्म्सको ब्यानरबाट निर्माण भएको फिल्ममा मनिष ढकाल निर्माता छन् भने मणिराम पोखरेल कार्यकारी निर्माता रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma