Developed By Kuldeep Sharma

December 21, 2022

फिल्म ‘नम्बरी सुन’मा जोडिए गौरव पहारी

काठमाडौं। राजु गिरीको निर्देशनमा निर्माण हुने सिनेमा नम्बरी सुनको मुख्य भुमिकामा अभिनेता गौरव पहारी अनुबन्धित भएका छन्।

निर्माण टिमले दिएको जानकारी अनुसार नम्रता सापकोटाको अपोजिटमा गौरवलाई फाईनल गरिएको हो। गौरव र निर्माण टिमबीच मंगलबार लिखित सम्झौता भएको छ।

माघ २० गतेबाट फ्लोरमा जाने सिनेमामा गौरव र नम्रताका साथै सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, सविन बास्तोला, गीता अधिकारी, स्मृती वली लगायतकाकलाकारको अभिनय रहनेछ।

निर्देशक गिरी ‘नम्बरी सुन’ झण्डै ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथामा निर्माण गर्न लागेको बताउँछन्।

सिनेमाबाट लामो समयपछि द्वन्द्व निर्देशक राजेन्द्र खड्गी कमब्याक गर्दैछन्। सुवर्ण शिभान्स फिल्मसको ब्यानरमा निर्माण हुने सिनेमाको प्रस्तुतकर्ता, निर्माता, कथा र गीत नारायण खातीको रहनेछ। लमजुङको भुजुङ्ग खोला, हेटौंडा, काठमाडौंका विभिन्न ठाउँमा सिनेमाको छायांकन गरिनेछ।

सिनेमामा सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन, रामजी लामिछाने कोरियोग्राफी, निर्माता खातीको गीत रचना, शान्तिश्री परियार लगायतका गायक तथा गायिकाको स्वर रहनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma