Developed By Kuldeep Sharma

December 24, 2022

अमेरिकाका विभिन्न शहरबाट नेपाली दूतावासकाे राजश्व लुटपाट

काठमाडौं। अमेरिकास्थित नेपाली राजदूतावासले गत डिसेम्बर १५ देखि २० सम्म अमेरिकी शहर टेक्सस, डालस र अस्टिनमा आयोजना गरेको कन्सुलर सेवा शिविरमा सेवाग्राहीहरुले बुझाएको सेवा शुल्क लुटपाट भएको छ।

दूतावासका कर्मचारीहरु डिसेम्बर २२ मा हुस्टन बाट वाशिङ्गटन जाने क्रममा पार्किङमा राखिएको सवारीसाधनबाट उक्त रकम लुटपाट भएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तीमा उल्लेख भए अनुसार दूतावासबाट उक्त लुटपाट सम्बन्धी जानकारी आवश्यक सम्पूर्ण निकायहरुमा गराईसकिएको छ भने नेपाल सरकारको लुटिएको राजस्व फिर्ता गराउन सम्पूर्ण नागरिकहरुले यथासक्य सहयोग गर्नका निमित्त पनि अपिल गरिएको छ।

पत्रचार गर्ने सम्पूर्ण विवरण तल उल्लेखित सुचनामा समावेश छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma