Developed By Kuldeep Sharma

February 13, 2023

श्रमको सम्मान गरौं भन्ने सन्देश दिन “सामाना”सडक नाटक

काठमाडौं।  श्रमको सम्मान गरौं भन्ने सन्देश दिन “सामाना”सडक नाटकको मञ्चन गरिएको छ।विश्वास नेपाल र भ्वाइस अफ चिल्ड्रेन संस्थाको संयुक्त पहलमा विहिवार सङ्कटा मन्दिर प्राङ्गणमा मञ्चन गरिएको सडक नाटक मनोरञ्नक्षेत्रका श्रमिकहरूले अभिनय गर्नुभएको हो।

रात्रीकालिन मनोरञ्जन क्षेत्रमा काम गर्ने विशेष गरी किशोर–किशोरीलाई त्यहाँ आउने सेवाग्राहीले माधक पदार्थ सेवन गरी दुव्र्यवहार गर्दा प्रतिकार गरौं, हरेक श्रमिकले निर्धक्क भएर श्रम गर्न पाउनुपर्छ भन्ने सन्देश उक्त सडक नाटकले दिएको छ।

विश्वास नेपालले मनोरञ्जन क्षेत्रलाई मर्यादित श्रमको गन्तव्य बनाउने लक्ष्यले जागरणमुलक काम गर्दै आएको छ।गरिबी, रोजागारीको अभाव, प्राकृतिक विपद्ले घरवार विहिन हुने तथा पारीवारीक विखण्डनलगायतका कारण तथा रोजगारीका लागि रात्रीकालिन मनोरञ्जन क्षेत्रमा काम गर्ने किशोर, किशोरीको सङ्ख्या निक्कै नै छ।

थोरै तलबमै काम गरिरहेका किशोरी श्रमिकको वाध्यतालाई नकारात्मक सोचका सेवाग्राहीले धेरै तलब भएको काम लगाईदिने आश्वसनसहित दुव्र्यवहार गर्ने र वैदेशिक रोजगारीको नाममा मानवबेचविखन गर्ने प्रवृत्ति समेत रहेको छ।

विश्वास नेपालका कार्यकारी निर्देशक मधु गुरूङले स्वदेशमै श्रम गरी खान्छु भन्नेलाई उचित तलब, सुविधासहित सकारात्मक वातावरणमा काम गर्ने अवसरको सिर्जनाका लागि अन्य संस्था र स्थानीय तहहरूसँग समेत साझेदारीमा काम गरिरहेको बताउनुभयो । संस्थाले यस क्षेत्रमा देशभर आठ लाख श्रमिकले काम गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma