Developed By Kuldeep Sharma

May 26, 2023

सरगम राईको स्वरमा ‘जिन्दगीको मोडहरुमा’ सार्वजनिक

काठमाडौं। गायक सरगम राईको सुमधुर स्वरमा सजिएको ’जिन्दगीको मोडहरुमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा स्यम सरगम राईको शब्द तथा संगीत मा गीत तयार गरिएको छ । गीतमा फडिन्द्र राईको संगीत संयोजन गरेका हुन्।

गीतमा दिपा लामाको समेत स्वर सुन्न सकिन्छ। म्युजिक भिडियोमा युवा माझँमा निकै रुचाइएका प्रयाङ्क स्टार एलिस राई र विमला खजुमको पनि अभिनय छ। भिडियो एलिस राईको परिकल्पना र निर्देशनमा तयार पारिएको हो।

काठमाण्डौं र ललितपुरमा रहेका रमणिय ग्रामिण परिवेशलाई गीतमा समेटिएको छ। गीतलाई ’आर जि टी फिल्मस’को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । संकल्प भुजेलको छायाँकन , अनिल रानाको सम्पादन र एलिस राईको निर्देशनमा भिडियो तयार गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma