Developed By Kuldeep Sharma

August 28, 2023

कुल आचार्यलाई बर्खास्त गर्न माग

क्यालिफोर्निया । गैर आवासीय नेपाली संघ(एनआरएनए) का अध्यक्ष कुल आचार्यको बर्खास्त गर्न माग गरिएको छ । आचार्यले नेपाल र बेलायत दुवै देशको नागरिकता र पासपोर्ट लिएर गैरकानूनी कार्य गरेको देखिएको छ ।

एनआरएनए बेलायतका अध्यक्ष प्रेम गाहामगरले आचार्यविरुद्ध उपलब्ध प्रमाण र तथ्य सहित मन्त्रालयमा उजुरी दिएको सदस्य माधव मरासिनीले जानकारी दिए । भन्छन्, ‘आचार्यले दुवै देशको नागरिकता र पासपोर्ट लिएको देखिएको छ । अध्यक्ष नै गैरकानुनी कार्यमा संलग्न देखिएपछि बर्खास्त गर्न भनिएको हो ।’

परराष्ट्र र गृहमन्त्रालयमा उजुरी दर्ता भएको छ । अनुसन्धानलाई प्रभावित पार्न सक्ने भएकाले आचार्यलाई तत्काल बर्खास्त गरी अनुसन्धान प्रक्रिया अगाडी बढाउन माग गरिएको मरासिनीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma