Developed By Kuldeep Sharma

October 8, 2023

हमासको आक्रमणमा परी १० नेपालीको मृत्यु, एक सम्पर्कविहीन

काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परी १० जना नेपालीहरुको मृत्यु भएको पुष्टि भएको छ । इजरायली अधिकारीहरुका अनुसार आक्रमणमा परी मारिनेको संख्या ६०० बढी पुगेको छ भने सायौंको संख्यामा मानिसहरु घाइते भएका छन् ।

आइतबार परराष्ट्रमन्त्री एनपी साउदले संसदलाई दिएको जानकारीअनुसार इजरायलमा ४ हजार ५ सय नेपाली केयर गिभरका रूपमा कार्यरत रहेका छन् भने २ सय ६५ जना विद्यार्थी इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत गएका हुन् । जसमा कृषि विश्वविद्यालयबाट ११९, त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए ।

मृत्यु हुनेमा कैलाली घोडाघोडी ४ का नारायण प्रसाद न्यौपाने, बझाङ जय पृथ्वी ६ का गणेश कुमार नेपाली, कैलाी बाउनिया ३ का आशिष चौधरी, दार्चुला लेकम ५ का दिपेश राज विष्ट, धनुषा सपही ६ का आनन्द शाह, सुनसरी मधुवनका राजेश कुमार सर्वांकर, डोटी पचनली ३ का राजन फुलरा, लामिखाल ८ का पदम थापा, सल्यान शारदा ३ का प्रवेश भण्डारी र दार्चुलाका लोकेन्द्र सिंह धामी रहेको दूतावासले जनाएको छ ।

त्यस्तै, ६ जना घाइते भएर उपचाररत रहेका छन् भने एकजना सम्पर्कविहीन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma