Developed By Kuldeep Sharma

October 9, 2023

हमास आक्रमण : नेपालीको उद्धार र मृत्यु भएकाको शव ल्याउन सरकारको पहल सुरु

काठमाडौं । इजरायलमा समस्यामा परेकाहरूको उद्धार र मृत्यु भएका नेपालीहरूको शव ल्याउन सरकारले पहल सुरु गरेको छ ।

एक विज्ञप्ति जारी गर्दै इजरायलका लागि नेपाली दूतावासले मृतकहरूको शव पहिचान गरी नेपाल ल्याउने र घाइतेहरूको उपचारको समेत प्रबन्ध गर्न इजरायल सरकार समक्ष अनुरोध गरिएको जनाएको छ ।

विवरण संकलनका लागि अनलाइनबाट काम भइरहेको पनि विज्ञप्तिमा उल्लेख छ । इजरायलमा रहेका नेपालीहरुलाई संयमता अपनाउदै दुतावाससंग आवश्यक समन्वय र सहयोग गर्न दुतावासले अपिल गरेको छ ।

शनिबार हमासको आक्रमणमा परी १० जना नेपालीहरुको मृत्यु भएको छ । इजरायली अधिकारीहरुका अनुसार आक्रमणमा परी मारिनेको संख्या ६०० बढी पुगेको छ भने सायौंको संख्यामा मानिसहरु घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma