Developed By Kuldeep Sharma

October 12, 2023

युवा संघको कार्यक्रममा दुर्गा प्रसाईँका कार्यकर्ता पार्किङका गाडी फुटाएर भागे

काठमाडौं । झापाको अर्जुनधारामा राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको कार्यक्रम भाँड्न नसकेपछि दुर्गा प्रसाईँका कार्यकर्ताले बिहीबार झापामा पार्किङ गरी राखिएका गाडी तोडफोड गरेका छन् ।

काठमाडौंमा युवाहरूले लगाएको मोसोको प्रतिशोध साध्न प्रसाईँका कार्यकर्ताले कथित पहिचानवादीसँग मिलेर बिहीबार झापाको अर्जुनधारामा आयोजित राष्ट्रिय युवा संघ नेपालको कार्यक्रम भाँड्ने योजना बनाए थिए । पछिल्लो समय राजावादी अभियानमा लागेको प्रसाईँले एमाले पोलिटब्युरो सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका इञ्चार्ज महेश बस्नेतलाई झापामा पाइलो टेक्नै नदिने अभिव्यक्ति दिएका थिए ।

त्यसको भोलिपल्टै बस्ने झापाको अर्जुनधारामा आयोजित राष्ट्रिय युवा संघ नेपालको कार्यक्रममा सहभागी हुन राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबे, उपाध्यक्ष कृष्णहरि केसी लगायतका पदाधिकारीका साथ झापा पुग्नुभएको थियो । बस्नेतलाई लिन सयौँको सङ्ख्यामा युवाहरू विमानस्थलमा पुगेका थिए । प्रसाईँ र कथित पहिचानवादीका कार्यकर्ताले कल्पना नै नगेको सङ्ख्यामा युवाहरू देखेपछि उनीहरू लुकेर भागेका थिए ।

संगठनले आयोजना गरेको कार्यक्रम भव्य रूपमा सम्पन्न भयो । दुर्गा प्रसाईँ र कथित पहिचानवादीका कार्यकर्ताले कार्यक्रम अवधिभर बाहिर मुन्टो समेत निकाल्न सकेनन् । उनीहरूको महेश बस्नेत सहभागी कार्यक्रम बिथोल्ने योजना चकनाचुर भयो ।

कार्यक्रम बिथोल्न नसकेपछि दुर्गा प्रसाईँ र कथित पहिचावादीका कार्यकर्ताले त्यसको रिस पार्किङमा राखेका कार्यक्रममा सहभागी हुन आएका र सर्वसाधारणका गाडी माथि पोखेका छन् । कोही नभएको मौका छोपी पार्किङमा राखिएका गाडीमा तोडफोड गरी उनीहरू भागेका छन् ।

गाडी तोडफोड गरेर भाग्ने मध्ये एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसरी भाग्ने विक्रम लिम्बुलाई प्रहरी नियन्त्रणमा लिएको हो ।

उता राष्ट्रिय युवा संघ नेपालले घटनामा संलग्नलाई नियन्त्रणमा लिई कानुनी कारबाहीको प्रक्रिया अघि नबढाए आफैँ प्रतिवादमा उत्रिने चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma