Developed By Kuldeep Sharma

November 29, 2023

नेपाल स्काउट बागमती प्रदेश युवा मञ्चको संयोजकमा भावना शाह चयन

काठमाडौं। नेपाल स्काउट बागमती प्रदेशको आयोजनामा  ‘युथ फोरम २०२३’ र ‘स्काउट पिस एण्ड सेक्युरिटी तथा युथ फोरम कार्यक्रम ५ दिने तालिम’ मंगलबार हेटौँडामा सम्पन भएको छ। विश्व स्काउटको युवा सहभागीतको विषयलाई लिएर बागमती प्रदेश स्तरीय युथ फोरम २०८० सम्पन्न भएको हो।

नेपाल स्काउटका राष्ट्रिय निर्देशक राम भट्टराईले विश्व स्काउट युवा कार्यक्रम, युवाका सवाल र युथ फोरमको अवधारणा बारे प्रशिक्षण गराएका हुन् ।

उक्त तालिम बाट नेपाल स्काउट बागमती प्रदेशको युथ फोरम निर्वाचन प्रकृया बाट नयाँ कार्यसमिति समेत चयन गरिएको छ।

भावना शाहको संयोजकत्वमा सौरब न्यौपाने, सम्भव कोइराला, रेजिना ढकाल, गोविन्द पराजुुली, प्रेमन ढकाल, आयुुष गिरी, प्रसन्न खनाल, सलिना श्रेष्ठ, दिक्षा दाहाल, र्शैलजा अधिकारी रहेको ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

नव निर्वाचित सदस्यहरुलाई बागमती प्रदेश युुथ फोरम कार्यक्रमका निर्वाचन अधिकृत अशोक सारु मगरले प्रमाण पत्र वितरण गरेका थिए।सोहि कार्यक्रममा राष्ट्रिय युवा मञ्चको सहभागिताको लागि पनि १२ जना सदस्यहरु चयन गरिएको थियो ।

कार्यक्रममा नेपाल स्काउट राष्ट्रिय संयोजक लोक बहादुुर भण्डारीले युवाहरु अब स्काउटका हरेक तहमा नेतृत्व लिनको लागि तयार रहनुपर्ने र गफ गरेर भन्दा काम गरेका कारणले अन्तराष्ट्रिय स्तरमा नै नेपाल स्काउटले उच्च छवि बनाउन सफल भएको बताएका छन्।

नेपाल स्काउट बागमति प्रदेश संयोजक शिवराम अर्याले आफु नेतृव्वमा आए पश्चात १३ जिल्लामा स्काउट तालिम सञ्चालन सफल भएको बताएका छन् ।

नेपाल स्काउटका केन्द्रिय समिति सदस्य विजेन्द्रलाल धोजु, स्काउट बागमती प्रदेश सदस्य अशोक सारु मगर, महेन्द्र राना, मकवानपुर जिल्ला पूर्व आयुक्त बेली थापा, पूर्व जिल्ला समन्वय आयुक्त ध्रुव विष्ट लगायतको उपस्थिती रहेको थियो।

तालिममा बागमती प्रदेशको १३ वटा जिल्ला बाट ७१ जना स्काउटरहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma