Developed By Kuldeep Sharma

December 3, 2023

नेपालमा सामाजिक सुरक्षा अवस्था:समावेशी परिवर्तनका लागि सरोकारवालालाई एकताबद्ध गर्दै

काठमाडौं । औपचारिक, अनौपचारिक क्षेत्रका कर्मचारी तथा श्रमिकलाई सामाजिक सुरक्षा कोषमा कसरी आवद्ध गर्न सकिन्छ भन्ने विषयमा सरोकारवालाले जोड दिएका छन् ।
सामाजिक सुरक्षा दिवश २०८० को अवसरमा We Social Movement (WSM) को आर्थिक सहयोग, ईन्स्पायर नेपालको आयोजना तथा सामाजिक सुरक्षा नागरिक समाज सञ्जालको समन्वयमा २०८० मंिसर १५ गते काठमाडांैमा सामाजिक सुरक्षा कार्यक्रम कार्यन्वयनको सवालमा सरोकारवालाहरुकोे भुमिका विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा सहभागी सरोकारवालाले सामाजिक सुरक्षाका कार्यक्रमको व्यवस्थापन कमजोर रहेको कारण सामाजिक सुरक्षाका कार्यक्रममा एकरुपता र प्रभावकारिता आउन नसकेकोले यसमा सुधार गर्नुपर्ने बताएका छन् ।

सामाजिक सुरक्षा नागरिक समाज सञ्जालका अध्यक्ष तिलोत्तम पौडेललेनेपालमा लामो समयदेखि सामाजिक संरक्षणका फरक–फरक कार्यक्रमहरु सञ्चालित हुँदै आएको छ र ती कार्यक्रम आ– आफ्नै ऐन, कानुन र कार्यविधिहरुद्वारा निर्देशित हुँदै आएकाले कार्यान्वयनमा कानूनी र संरचनागत एकरूपता नभएको बताएका छन् ।

छलफल कार्यक्रममा सामाजिक सुरक्षाको बर्तमान अवस्था, उपलब्धी, समस्याहरु र आगामि दिनमा सबै नागरिकको पहुचमा सामाजिक सुरक्षा कार्यक्रम पुर्याउन के गर्न आवश्यक छ भन्ने सुझाव सहितको प्रस्तुतीकरण त्रिभुवन विश्वविद्यालय उपप्राध्यापक डा. दिपेश घिमिरेले दिएका हुन् ।

कार्यक्रममा, सामाजिक संघ सस्थाका प्रतिनिधिहरु, टेड युनियनका प्रतिनिधि लगायत ४५ जना भन्दा बढिको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma