Developed By Kuldeep Sharma

March 14, 2024

तारकेश्वर ९ मा भएका कबाडी व्यवसाय बन्द गर्न अनुरोध

काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं. ९ वडाभित्र कबाडी गोदाम नराख्न तथा भण्डारण र ओसारपसार गर्न नदिने भएको छ । बासुकी नाग टोलबासिको अनुरोधलाई वडा सद्स्य उज्जवल अधिकारीको विशेष पहलमा वडाअध्यक्ष श्यामकृष्ण महर्जनले एक सूचना जारी गर्दै ३५ दिनभित्र वडाभित्र भएका कबाडी भण्डारहरु खाली गरेर अन्यत्र सार्न अनुरोध गरिएको छ ।

कबाडी संकलन गर्नेहरुबाट चोरी , लुटपाट तथा अबान्छनिय गतिविधिहरु बढेको हुनाले वडाबासीमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नकारात्मक असर परेको गुनासो बढेपछि स्थायी वा अस्थायी रुपमा सञ्चालन गरेका कबाडी व्यवसायीलाई खाली गराउन अनुरोध गरिएको छ ।

सूचनामा भनिएको छ – ३५ दिनभित्र खाली नगरेर अटेर गरिए वडाले भत्काउने र भत्काउँदा लाग्ने खर्च र क्षतिपुर्ति समेत स्वयं जग्गाधनी र कवाडी व्यवसायी हुनुपर्नेछ ।

साथै कबाडी संकलन गर्न समेत वडाले प्रतिबन्ध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma