Developed By Kuldeep Sharma

March 27, 2024

नाउपाको निर्णय : प्रदेशमा पनि नयाँ गठबन्धनलाई समर्थन गर्ने

काठमाडौं। नागरिक उन्मुक्ति पार्टी नाउपा ले एमाले माओवादी र रास्वपासहितको गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ।

आज बिहान टीकापुरमा बसेको बैठकले संघ र प्रदेश सरकारमा नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको हो। केन्द्रमा सत्ता गठबन्धनको सरकारलाई बिश्वासको मत दिएको नाउपाले प्रदेशमा पनि नयाँ गठबन्धनलाई समर्थन गर्ने बताइएको छ।

बैठकमा १२ जना केन्द्रीय सदस्य सहभागी थिए। प्राविधिक समस्याका कारण ९ जना केन्द्रीय सदस्य बैठकमा सहभागी हुन सकेनन्।

संस्थापक केन्द्रीय सदस्यको बैठक नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा बसेको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma