Developed By Kuldeep Sharma

March 29, 2024

एक साता लामो भ्रमणपछि सभामुख घिमिरे नेतृत्वको टोली आज स्वदेश फर्कियो

काठमाडौं। एक साता लामो विदेश भ्रमणपछि सभामुख देवराज घिमिरे नेतृत्वको टोली आज स्वदेश फर्किएको छ।

जेनेभामा भएको अन्तर व्यवस्थापिका संघको १ सय ४८औँ महासभामा सहभागी भएर सभामुख नेतृत्वको टोली बिहान ९ बजे कतार एअरवेज मार्फत काठमाडौं फर्किएको हो।

आफू भ्रमणमा रहेका बेला प्रतिनिधि सभा बैठक चलाउने अनुमति उपसभामुखलाई नदिएपछि संसद बैठक प्रभावित भएको छ। एक साता लामो भ्रमणमा गएका सभामुखले उपसभामुखलाई प्रतिनिधि सभा बैठक चलाउने अनुमति दिएका थिएनन्।

सभामुखको टोली गत बिहीबार साँझ जेनेभा तर्फ प्रस्थान गरेको थियो। संसद् चलाउने अधिकार उपसभामुखलाई नदिई बैठक स्थगन गरेको विषयलाई लिएर सभामुखको आलोचना समेत भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma