Developed By Kuldeep Sharma

March 30, 2024

प्रधानमन्त्री प्रचण्डसँग एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाको भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले भेटवार्ता गरेका छन्।

शान्ति प्रक्रिया र संवैधानिक परिषद्लगायतको बिषयमा छलफलका लागि प्रचण्डले ओली र देउवालाई बालुवाटार बोलाएका हुन्।

ओली र देउवासँग छुट्टाछुट्टै छलफल गरेका प्रचण्डले आज छलफलका लागिसंगै बोलाएपछि उनिहरु बालुवाटार पुगेका हुन्। नयाँ सत्ता समीकरण बनेपछि आज पहिलो पटक तीनै जना संगै भेट गरेका छन्।

बैठकमा शान्ति प्रक्रिया, संवैधानिक परिषद्को बैठक, संसदमा कांग्रेसले गरिरहेको अवरोधलगायत समसामयिक बिषयमा छलफल भएको बताइएको छ।

प्रधानमन्त्री प्रचण्डले भोलि बिहान संवैधानिक परिषद्को बैठक समेत बोलाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma