Developed By Kuldeep Sharma

April 13, 2022

स्रोत नखुलेको भारतीय रुपैयाँसहित चारजना पक्राउ

विराटनगर । स्रोत नखुलेको भारतीय रुपैयाँ सहित विराटनगरबाट चार जना पक्राउ परेका छन्।

भारतबाट नेपालतर्फ आउदै गरेका व्यक्तिहरूलाई सोधन खोज गर्ने क्रममा बिराटनगर महानगरपालिका वडा नम्बर १५ बाट चारजना पक्राउ परेका हुन्। सिमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा स्रोत नखुलेको भारतीय रुपैयाँ तीन लाख ८ हजार ५ सय नगद सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

पक्राउ पर्नेमा भारतको बिहारको सहरसाका अभिनाष मुखिया, विष्णुदेव मुखिया, सुनसरीको वर्जु गाउँपालिका वडा नम्बर १ का सुरज ऋषिदेव र शिव कुमारी ऋषिदेव रहेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दिपक श्रेष्ठले जानकारी दिए।

पक्राउ परेका चारै जनालाई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय ईटहरी सुनसरीमा बुझाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma