Developed By Kuldeep Sharma

May 29, 2022

सम्पर्कविहीन जहाजको खोजीका लागि जोमसोम र काठमाडौंबाट २ हेलिकोप्टर परिचालन

काठमाडौं। पोखराबाट जोमसोमका लागि उडेको तारा एअर सम्पर्कविहीन भएपछि खोजीका लागि २ वटा हेलिकोप्टर परिचालन गरिएको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायाण आचार्यले जहाजको खोजीका लागि जोमसोमबाट हेलिकोप्टर उडिसकेको र अर्को हेलिकोप्टर काठमाडौंबाट उड्ने तयारीमा रहेको मुलुक प्रेसलाई जानकारी दिए।

तारा एयरको ९ एनएईटी ट्विनअटर जहाजमा १९ यात्रु र तीन जना चालक दलका सदस्य सवार थिए। उनकाअनुसार सम्पर्क विहिन विमानको खोजी कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी लगायतको टोली परिचालन भएको छ। विमानको खोजी कार्य जारी राखेका छौं। अहिलेसम्म जोमसोम र हाम्रो टावरमा पनि सम्पर्कमा आएको छैन,’ उनले भने।

विमान लेते क्रस भएर धौलागिरित मोडिएपछि सम्पर्क बिहिन भएको बताइएको छ। ९ बजेर ५५ मिनेटमा उडेको जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma