Developed By Kuldeep Sharma

May 30, 2022

विमान दुर्घटनाको अनुसन्धान गर्न आयोग गठन

काठमाडौं । मुस्ताङमा भएको तारा एअरको विमान दुर्घटनाको अनुसन्धान गर्न सरकारले जाँचबुझ आयोग गठन गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रिस्तरीय निर्णयअनुसार वरिष्ठ एरोनटिकल इञ्जिनियर रतिशचन्द्रलाल सुमन संयोजक रहने गरी ५ सदस्यीय आयोग गठन गरिएको हो।

आयोगका सदस्यहरूमा क्याप्टेन दीपुराज ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इञ्जिनियर उपेन्द्रलाल श्रेष्ठ र वरिष्ठ मौसमविद् मणिरत्न शाक्य रहेका छन्। सदस्य सचिवमा भने सहसचिव बुद्धिसागर लामिछाने छन्। आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ९ एन-एईटी कलसाइनको ट्वीनअटर जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ को सानुसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त भएको थियो।

जहाजमा १३ जना नेपाली यात्रु, ६ जना विदेशी र ३ जना चालक दलसहित २२ जना सवार थिए। उनीहरु सबैको मृत्यु भएको छ। विमान आज विहान फेला परेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma