Developed By Kuldeep Sharma

June 2, 2022

निर्मला हत्याकाण्डको अनुसन्धान पहिलो प्राथमिकता : आईजीपी सिंह

काठमाडौं। प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले निर्मला हत्या प्रकरणको अनुसन्धान आफ्नो प्राथमिकतामा रहेको बताएका छन्।

आईजीपीको कार्यभार सम्हालेको एक महिना पुगेको अवसरमा बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो कार्यकालमा निर्मला प्रकरणलाई टुंगोमा पुर्‍याउन प्रयास गरिने पनि बताए। निर्मला हत्याकाण्डमा आरोपीमाथि अनुसन्धान जारी रहेको उनको भनाइ थियो।

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा संलग्न अभियुक्तलाई अहिलेसम्म पनि प्रहरीले पक्राउ गर्न सकेको छैन। सिंहले गलत काम गर्ने प्रहरीमाथि कारबाही सुरु गरिएको भन्दै बढुवाको हकमा मेरिट बेसमा गरिने पनि बताए।

‘तलबाट टपक्क टिपेर कसलाई पनि ल्याइँदैन। ब्याचमा बेस्ट भएका अगाडि आउँछन्’, उनले भने, ‘सोर्सफोर्सले बढुव हुँदैन। शक्तिकेन्द्र धाउनेको रेकर्ड राखिन्छ।’ यस्तै सिंहले प्रहरी कर्मचारीहरूले असल संस्कृति र भातृत्वभावको विकास गर्दै नागरिक सेवाको साथै आफूलाई सुम्पिएको जिम्मेवारी, दायित्व र कामप्रति अनुशासित एवं कटिबद्ध भई काम बताए।

सिंहले काठमाडौं उपत्यका प्रहरी कार्यालय, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहत कार्यालयमा कार्यरत प्रहरी अधिकृतहरूलाई निर्देशन सम्बोधनको क्रममा उक्त कुरा बताए। सिंहले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउन प्रहरी कर्मचारीहरुले व्यावसायिक रुपमा निर्वाह गरेको जिम्मेवारी र भूमिकाको प्रशंसा गर्दै सम्पूर्ण म्यादी प्रहरीहरुले समेत अत्यन्त राम्रो काम गरेको बताए।

उपत्यकास्थित प्रहरी कार्यालयहरुले गर्ने कामबाट देशभरिको पुलिसिङ मापन हुने हुनाले उपत्यकामा कार्यरत प्रहरी कर्मचारीहरूलाई रोलमोडल भई उदाहरणीय काम गर्न उनले निर्देशन दिए। के गर्दा पुलिसिङ अझै राम्रो बनाउन सकिन्छ भन्नेतर्फ ध्यान दिई काम गर्नुपर्नेमा जोड दिँदै उनले आपराधिक तत्वसँग साँठगाँठ, प्राकृतिक स्रोतको दोहन लगायत जस्तोसुकै गैरकानुनी काममा संलग्न रहेको पाइएमा जोकोहीलाई कारबाहीको दायरामा ल्याइने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma