Developed By Kuldeep Sharma

June 3, 2022

सवा करोड ठगीमा संलग्न पक्राउ

काठमाडौं। एक करोड १९ लाखभन्दा बढी रुपैयाँ ठगी गरेर फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। रोजिना शाक्य समेतले काठमाडौं जिल्ला अदालतमा जाहेरी दिएका ललितपुरको गोदावरी नगरपालिका-४ का ४८ वर्षीय जीवनकुमार केसीलाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।

केसीविरुद्ध उपभोक्ता हित संरक्षण नेपाल र रोजिनाले १ करोड १९ लाख ८४ हजार ५०० रुपैयाँ ठगी गरेको जाहेरी दिएका थिए। केसीलाई आज काठमाडौंको नयाँबजारबाट पक्राउ गरी थप अनुसन्धानको जिल्ला अदालत उपस्थित गराइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma